काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।