काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४४ जनामा पीसीआर विधिबाट तथा २ हजार ७४ जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा २ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर १ हजार २ सय ८४ जना सक्रिय सङ्््््क्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९१ जना सङ्क्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा ७८ जना, भक्तपुरमा चार जना र ललितपुरमा नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको संख्या ८ सय ९५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।