काठमाडौं – मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको युगल गायनमा समावेश मलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । यस गीतमा अर्जुन थापाको शब्द र सङ्गीत रहेको छ । गीतमा फणिन्द्र राईको सङ्गीत संयोजन रहेको छ । भिडियोमा गीतकार एवं सङ्गीतकार अजुर्न थापा र निरु थापाको अभिनय रहेको छ ।

नेपाली गीत सङ्गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय गीतकार, सङ्गीतकार एवं कलाकार अर्जुन थापा हाल अमेरिकामा बसोबास गर्दै आउनुभएको छ । बुद्ध थापाले छायाँकन गर्नुभएको यस भिडियोलाई सुरेश राउतले सम्पादन गर्नुभएको हो । सुरेश थापाको निर्देशनमा भिडियो तयार पारिएको छ । माया प्रेमसँग सम्बन्धित यस भिडियोलाई ‘कलापुञ्ज’ युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।