काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यस्तैगरी आज शुक्रबार तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार १ सय ४५ रुपयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।