काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा नमुना परिक्षण गर्दा पीसीआर विधिबाट २ सय १४ जनामा र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४६ जनामा गरी २ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै हाल सक्रिय सङ्क्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ सय ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा १ सय ३७ जना, भक्तपुरमा चार जना र ललितपुरमा २३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या ८ सय ३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।