काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेप्से परिसूचक १४दशमलव ७१ अङ्कले बढेको छ । नेप्से परिसूचक १५ अङ्ले बढ्दा समग्र बजार परिसूचक २००१ दशमलव ५३ अङ्कमा पुगेको हो ।

आज २२० कम्पनीका सेयर कारोबारमा बजार परिसूचक ० दशमलव ७४ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको मापक परिसूचक १ दशमलव ७७ अङ्क बढेर ३८३ दशमलव १३ मा उक्लिएको छ ।

आज २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ६२ लाख १० हजार ९०८ कित्ता सेयर ३९ हजार १६८ पटकमा किनबेच भएको थियो । बढ्दो बजारमा आज ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको सेयर मूल्य घटेको छ ।