काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार १ हजार ८ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४४ जना र र १ हजार ३ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा नमुना परीक्षण गर्दा १ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ८ सय ७३ पुगेको छ भने पछिल्लो २४ घण्टामा ४१ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।