काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार २० जनामा नमुना परीक्षण गर्दा १ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ७ सय ७० जना पुगेको मन्त्रालयले जनाएको छ । देशभर रहेका ७ सय ७० जना सक्रिय सङ्क्रमितमध्ये ७ सय ४९ जना होम आइसोलेसनमा र २१ जना संस्थागत आइसोलेसन रहेका छन् । अस्पतालमा रहेकामध्ये १२ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ८२, भक्तपुरमा तीन र ललितपुरमा सातजना सङ्क्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या ५ सय २३ जना पुगेको छ ।