काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयरबजार राताम्मे देखिएको छ । कारोबार खुलेबाटै बढ्न सुरु गरेको बजार ७७ दशमलव ०१ अङ्कले घटेर १९१५ दशमलव ६१ बिन्दुमा झरेको हो । आज बजार घटेसँगै ठूला कम्पनीका सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव ०३ अङ्कले घटेर ३६६ दशमलव ८६ बिन्दु कायम भएको छ ।

यस दिन १३ वटै समूहका सूचक राताम्मे देखिए । सोमबार कारोबारमा आएका २२७ वटा कम्पनीको ४५ हजारपटकको शेयर कारोबारमा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँबराबरको ६३ लाख १३ हजार कित्ता शेयर कारोबार हुन गयो । बजार घटे पनि यस दिन ८ दशमलव ५ प्रतिशत सानिमा डिभेन्चरको शेयरमूल्य २ प्रतिशतले बढेर प्रतिकित्ता ८४१ रुपैयाँ कायम भयो ।

यस्तै, यस दिन ग्रामीण विकास लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लगेको छ । उक्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ६७८ रुपैयाँ भएको छ । सोमबार सर्वाधिक शेयर कारोबार हिमालयन डिस्टिलरीको भएको छ । कम्पनीको ११ करोड ४ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री हुँदा शेयरमूल्य प्रतिकित्ता ३२५५ रुपैयाँ कायम भएको छ ।

उच्च अंकले घटेको सेयर बजारमा आज सर्वाधिक हिमालयन डिस्टिलरीको सेयर खरिद-बिक्री भएको छ । कम्पनीको आज एकैदिन ११ करोड चार लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, एनआइसी एसिया बैंकको आठ करोड ७१ लाख, अपर तामाकोसीको आठ करोड ४१ लाख, एसियन लाइफको आठ करोड १७ लाख र नेपाल लाइफको सात करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।