काठमाडौं – गए राति महिला युरोपियन च्यााम्पियनसिप–२०२२ मा सानदार सुरुआत गर्ने क्रममा फ्रान्सले इटालीमाथि ५–१ को जित निकालेको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो हाफमै ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बनिन् । फ्रान्सका लागि गिएरोको यो ५०औं खेल थियो ।
फ्रान्सले सबै खाले प्रतियोगिता गरी आफ्नो जित यात्रालाई १५ खेलसम्म कायम राखेको छ । खेलको नवांै मिनेटमा गिएरोको गोलमा फ्रान्सले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै म्यारी एन्टोनेटी काटोटाले फ्रान्सको अग्रता दोब्बर पारिन् । खेलको ३८औं मिनेटमा डेल्फिने कास्कारिनोले फ्रान्सको अग्रता थप बढाएकी थिइन । त्यसको दुई मिनेटपछि गिएरोले फ्रान्सलाई फराकिलो जिततर्फ अघि बढाएकी थिइन् ।
पहिलो हाफको अन्तिम मिनेटमा गिएरोले ह्याट्रिक पूरा गर्दै फ्रान्सको अग्रता ५–० मा पुर्याइन् । ७६औं मिनेटमा इटालीका लागि मार्टिना पाइमोन्टेले सान्त्वना गोल गरिन् । समूह ‘डी’ कै अर्को खेलमा बेल्जियम र आइसल्यान्डले भने १–१ को बराबरी खेल्दै अङ्क बाँडेका छन् ।