साङ्केतिक तस्वीर


मेचीनगर – झापाबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका एक यात्रुबाट उक्त लागुऔषध बरामद गरेको हो ।

पक्राउ पर्नेमा ओकैटी टी–स्टेट गोदाम धुरा घर भई दार्जिलिङ मिरीक पश्चिम बंगालमा बस्ने २७ वर्षीय अनुप प्रधान रहेका छन् । चेकजाँचका क्रममा उनको साथबाट ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ ६ ग्राम फेला परेको थियो ।

हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।