फाइल तस्वीर
जाकर्ता– चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दुवै देशले सँगसँगै मिलेर काम गर्ने आशा व्यक्त गर्नुभएको छ । शनिबार इण्डोनेसियामा आयोजित एउटा दुर्लभ वार्तापछि दुबै देशका विदेशमन्त्रीले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

दुवै देशका विदेशमन्त्रीले फेरीपनि वार्ता गर्न आफूहरु उत्सुक रहेको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ‘हामी सृजनशिल र रचनात्मक वार्तालापको लागि धेरै उत्सुक छौं’ भनि प्रतिक्रिया दिनुभएको उल्लेख गरिएको छ ।

सोही अवसरमा चिनियाँ विदेशमन्त्री वाङले चीनका राष्ट्रपति सी जिनपिङले विश्वका दुई ठूला आर्थिक शक्तिहरूबीचको सहकार्य र आपसी सम्मानमा विश्वास गरेको बताउनु भएको समाचारमा जनाइएको छ । विदेशमन्त्री वाङले ‘चीन र अमेरिका दुई ठूला देश हुन् । तसर्थ, दुई देशले सामान्य आदानप्रदान कायम गर्न आवश्यक छ’ भन्नुभएको बताइएको छ ।