फाइल तस्वीर
काठमाडौं – वित्तीय क्षेत्र अन्तर्गत निजी क्षेत्रका वाणिज्य बैंकहरु एकआपसमा गाभिनेक्रम बढ्न थालेको छ । यसैसन्र्दभमा हिमालयन बैंकले सिभिल बैंक गाभिन गृहकार्य भैरहँदा आज गर्ने भनिएको सम्झौता रोकिएको छ ।

आज शुक्रबार दिउँसो १ बजे राजधानीको एक होटलमा हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) गर्ने कार्यक्रम तय भएको थियो । तर, सिभिल बैंकले कर्मचारी समायोजन, सञ्चालक समिति जस्ता कुरा पनि टुङ्ग्याएर मात्रै सम्झौता गर्ने बताएपछि आज हुने भनिएको कार्यक्रम स्थगित भएको हिमालयन बैंकले जनाएको छ ।

दुवै बैंक एक आपस गाभिएर एउटै बैंक बनाउनका निम्ति चाहिने न्यूनतम आधारभूत कुराहरुमा कर्मचारी समायोजनाका विषयहरु पनि मुख्य रहेको हुँदा मर्जर हुनु अगाडि नै यस्ता विषयहरुको मापदण्ड तयगरेर मात्र मर्जरको प्रक्रियामा जान उपयुक्त हुने सिभिल बैंकको भनाइ छ । दुवै बैंक गाभिने तर कर्मचारीको विषयमा पछि टुङ्ग्याउने भन्ने विषयले विवाद उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता विषयलाई पनि सम्झौतामा उल्लेख गर्नुु पर्ने सिभिल बैंकको भनाइ छ ।

हिमालयन बैंकका अनुसार मर्जरको प्रारम्भिक सम्झौताको प्रयास भैरहेको छ । सबै कुरा मिलेपछि मात्रै सम्झौता पछिमात्रै सम्झौताको प्रक्रिया अघि बढाइने भएको छ ।