काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि स्थिर रही सोही मूल्य कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर एक हजार २ सय ७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।