काठमाडौं – नेपाल एसबीआई बैंकले आफ्नो स्थापनाको २९ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पार्नुभयो ।

उहाँले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिनुभयो । त्यसैगरी बैंकका डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गर्नुभयो ।

प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसका साथै, बैंकले भर्चुअल साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो जसमा सबै शाखा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो र आफ्नो प्रतिभा प्रदर्शन गरिएको थियो । बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङ सेवा, १२९ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।