हेटौंडा – बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बुधबार बस्ने भएको छ । बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ ।

प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५ औँ बैठक आगामी असार २९ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेशसभाको दशौँ अधिवेशनको २४ औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो ।

गत जेठ १३ गतेदेखि सुरु भएको दशौँ अधिवेशन अन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको थियो । सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ / १४ गते सकेको प्रदेशसभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो ।