फाइल तस्वीर

काठमाडौं – कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा एक सय ५२ जना कर्मचारीका लागि आज दरखास्त आह्वान गरेको हो ।

प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागेको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि विकास बैंकले कुल १ सय ५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट खाली छ । बैंकको आज प्रकाशित सूचनाअनुसार साउन १२ भित्र आवेदन दिनुपर्ने जनाएको छ ।