फाइल तस्वीर
काठमाडौं – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री जोनसनको कार्यशैलीप्रति उहाँकै मन्त्रिमण्डलका सदस्यहरुले धमाधम राजीनामा दिएपछि बाध्यभएर आज बिहीबार उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।

आफ्नो मन्त्रिमण्डलका सदस्यहरुले धमाधम राजीनामा दिएपछि प्रधानमन्त्री जोनसन अप्ठ्यारोमा पर्नु भएको थियो । पछिल्लो समय जोनसोनको कार्यशैलीप्रति व्यापकरुपमा असन्तुष्टि बैढ्दै आएको थियो ।

यस अघिसम्म राजीनामा नदिने मनरायमा रहनु भएका प्रधानमन्त्री जोनसोन ठूलो सङख्यामा मन्त्रीहरूले राजीनामा दिएका कारण राजीनामा दिन बाध्य हुनुभएको अन्तर्राष्ट्रिस सञ्चारमाध्यमहरुले जनाएका छन् ।