फाइल तस्वीर

काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले वृद्धि भएर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।