काठमाडौं – साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर एक हजार १ सय ७५ रुपैयाँ कायम भएको छ ।