फाइल तस्वीर

काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षा कारण रद्द भएको छ । मङ्गलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको हो ।

दोस्रो खेल आज बुधबारका लागि तय भएको छ । यसअघि नेपालले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । एक दिवसीय र टी–२० फर्म्याटमा खेलिएको दुबै खेलमा नेपाल विजयी भएको थियो ।

यसपछि नेपाली टिम स्कटल्यान्ड भ्रमणमा निस्कने छ । विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल आयोजक स्कटल्यान्ड र नामिबिया प्रतिस्पर्धा गर्ने छन् ।