फाइल तस्वीर
जाकर्ता – इण्डोनेसियाको आरफुरा समुन्द्रमा डुङ्गा डुब्दा १५ जनाभन्दा बढी माछा मार्ने मछुवाहरु बेपत्ता भएको खबर छ । डुङ्गा डुब्दा ती मछुवा बेपत्ता भएका र उनीहरुको खोजी कार्य जारी रहेको इण्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।

इण्डोनेसियाली एक अधिकारीका अनुसार मङ्गलबार खराब मौसम तथा हावाहुरीका कारण यहाँको आरफुरा समुन्द्रमा डुङ्गा पल्टिएको थियो । उक्त डुङ्गा दुर्घटनापछि यसका रहेका मछुवामध्ये कम्तीमा पनि १५ जना अहिलेसम्म पनि बेपत्ता अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । बेपत्ता रहेकाहरुको खोजी कार्य जारी रहेको उद्धार टोलीमा खटेका एकजना अधिकारीले बताएको समाचारमा जनाइएको छ ।

इण्डोनेसियाको पपुवा प्रान्तमा अवस्थित खोजी तथा उद्धारसम्बन्धी कार्यालयका प्रवक्ता दर्मावान विदीले दिएको जानकारी अनुसार उक्त डुङ्गामा कम्तिमा पनि २५ जना नागरिक रहेका थिए । उद्धार जारी रहेको तर उनीहरु जिवीतै भेटिने सम्भावना भने अब नरहेको अधिकरीहरुले जनाएका छन् । तीमध्ये १० जनाको शनिबार नै सकुसल उद्धार गरिएको थियो भने अरु १५ जना हराइरहेका छन् । इण्डोनेसियाको आरफुरा समुन्द्रमा शनिबार डुङ्गा बेपत्ता भएको थियो ।