काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने १५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।