विराटनगर – नेकपा एमालेबाट प्रदेश नं १ समानुपातिकतर्फ निर्वाचित हुनुभएकी हिमादेवी बस्नेतले सांसद पदको शपथग्रहण गर्नुभएको छ । प्रदेश सभामा आज आयोजित कार्यक्रममा सभामुख प्रदीप कुमार भण्डारीले नवनियुक्त बस्नेतलाई शपथग्रहण गराउनुभएको हो ।


निर्वाचन आयोगले असार २० गते बस्नेतलाई सांसद पदमा नियुक्त गरेको थियो । एमाले सांसद गुल्लेफुन मियाँले सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिनुभएको थियो ।