काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध जारी राख्न आदेश दिएका छन् । लिसेचान्स्क सहर कब्जा गरेपछि रुसी रक्षामन्त्रीलाई उनले युद्ध जारी राख्न आदेश दिएको सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।

एक टेलिभिजन सन्देशमा राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना योजना अनुसार लक्ष्य पछ्याउन निर्देशन दिएका हुन् । उनले लक्ष्य प्राप्त गर्ने मोर्चामा अघि बढ्न भनेका छन् । युक्रेनको लिसेचान्स्कमा कब्जा गरिसकेपछि पनि रुस अगाडि बढेको हो ।

उता युक्रेनले लिसेचान्स्क सहर गुमेपछि त्यसको पश्चिमतर्फ रुसी सेनालाई अगाडि बढ्न नदिने रणनीति अख्तियार गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले लिसेचान्स्कलाई फिर्ता लिने दाबी गरेका छन् ।