न्युयोर्क – संयुक्त राज्य अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए ।

गोली चलेपछि सर्वसाधारण मानिस आतङ्कित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा राखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको बीबीसीले जनाएको छ ।