हेटौंडा – मकवानपुरमा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन् । हिजो साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्ँिटदा सिन्धुलीकी १६ वर्षीय किशोरी सलिना राईको मृत्यु भएकोे छ ।

दुर्घटनामा अन्य २६ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएको जनाइएको छ । घाइतेहरुको हेटौँडास्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस