कास्की – सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गर्नुभयो ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुङ्गाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ भोला बहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति थियो ।

हालसम्म ९२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ८८ अर्ब कर्जा लगानी गरिसकेकोे सिभिल बैंकको यस एटीएमसहित एटीएम संख्या ९९ पुगेको छ ।