फाइल तस्वीर

काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकै दिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २ सय ३३ जना, फुटपाथमा पार्किङ गर्ने १ सय ७ जना, तीव्रगतिमा सवारी साधन चलाउने ९५ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लङघन गर्ने ५० जना रहेका छन् ।

यसैगरी ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २१ जना चालकहरूलाई पनि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।