काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । यसैगरी आज सुनको मूल्य बढेपनि चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले गिरावट आएको छ । नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँ कायम भएको छ ।