इलाम – इलाममा जीप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सो जीपमा सवार सबै यात्रु घाइते भएका हुन् ।

इलाम नगरपालिका–१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको बताइएको छ । सडकबाट करिब ३सय मिटर भन्दा तल खसेको प्रहरीले बताएको छ ।
गाडीमा सवार ११ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेलाई झापातर्फ पठाइएको छ भने अन्यको इलाम अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।