वासिङ्टन – अमेरिकाको उत्तरपूर्वी शहर नेवार्कमा बिहीबार भएको गोलीकाण्डमा नौजना घाइते भएको सिन्ह्वाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसाका घटनाहरू रोक्न एक विधेयकमा हस्ताक्षर गरेपछि सो सामूहिक गोलाबारीको घटना भएको हो ।

सिन्ह्वाले प्रहरीलाई उद्धृत गर्दै भनेको छ, गोलाबारी क्लिन्टन प्लेसको २०० ब्लकमा साँझ ६ः२० बजे भएको हो । पीडितमा एक नाबालक समेत रहेको बताइएको छ । घटनाबारे नेवार्क प्रहरी विभागद्वारा अनुसन्धान भइरहेको र थप विवरण सार्वजनिक हुन बाँकी रहेको बताइएको छ ।

संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा र राजनीतिक निष्क्रियता विरुद्ध राष्ट्रव्यापी विशाल प्रदर्शन भएको र १९ बालबालिका र दुई शिक्षकको हत्या भएको घटनाको एक महिनापछि सम्झौता कानून लागू भएको थियो ।