काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल २ हजार ८ सय १४ जनामा नमुना परीक्षण गर्दा ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे हो ।

सोही अवधिमा उपत्यकामा मात्रै २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २६ र भक्तपुरमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या १ सय २९ पुगेको छ । हालसम्म २ सय ९१ जना होम आइसोलेसनमा तथा ६ जना संस्थागत आइसोलेसनमा छन् । अस्पतालमा उपचाररत ६ जनामध्ये तीनजना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् । योसँगै आजसम्म सक्रिय सङ्क्रमितको संख्या २ सय ९७ पुगेको छ । आज १ लाख ८७ हजार ८६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।