काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि हिजोको तुलनामा तोलामा २ सय रुपैयाँले नै घटेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।