साङ्केतिक तस्वीर

बनेपा– काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन् । बनेपा–१० स्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बा.१.ज ५७४७ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा ५२ वर्षीय लेख कुमारी बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कर्मचारी बोकेर निस्केको अस्पतालको बस मोटरसाइकललाई साइड दिने क्रममा भासिएर पल्टिएको हो ।

उक्त घटनामा घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकोे छ ।