काठमाडौं – चालू आर्थिक वर्षको जेठ महिनासम्ममा २० वटा निर्जीवन बीमा कम्पनीले ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार गत बैशाख महिनासम्मको तुलनामा जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन बढेको छ । यस अवधिमा कम्पनीहरुको बीमाशुल्क आर्जन २ अर्ब ९६ करोड १७ लाख रुपैयाँले बढेको हो । यी कम्पनीहरूले गत बैशाखसम्ममा ३१ अर्ब १९ करोड ७१ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा २ अर्ब ९६ करोढ १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत बैशाखको तुलनामा जेठ महिनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४३ करोड ७१ लाख रुपैयाँले बढेको छ । चालू आ.व.को वैशाख महिनामा यी कम्पनीहरूको कुल बीमा शुल्क आर्जन २ अर्ब ५२ करोड ४५ लाख पुगेको रहेको थियो ।

जेठसम्ममा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले ४ अर्ब ४० करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सर्वाधिक कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । यो कम्पनीले जेठमा २ अर्ब ७९ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

जेठ महिनामा पनि सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्सले रहेको छ । उक्त कम्पनीले यस अवधिमा ३६ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । जेठममा सर्वाधिक बीमाशुल्क आर्जन गर्ने दोस्रोमा भने शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले जेठमा २७ करोड ४५ लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको छ । त्यस्तै सबैभन्दा कम कुल बीमाशुल्क आर्जन जनरल इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले जेठमा ५ करोड ७९ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको छ ।

637921939637343147.png