काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल २ हजार ६ सय ९८ जनामा नमूना परीक्षण गर्दा ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे हो ।

सोही अवधिमा १७ जना निको भएर घर फर्किएका छन् । हाल देशभर २ सय ८० जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।