काठमाडौं – साताको पाचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।