काठमाडौं – त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास आज अमेरिका प्रस्थान गरेका छन् । आर्मी क्लबका अनुसार दुवै जना पाँचौ नेप्लिज अमेरिका कन्भेन्सन सकर प्रतियोगिताका लागि अमेरिका प्रस्थान गरेका हुन् ।

दुवै जनाले प्रतियोगिता खेल्नेछन्। उनीहरू एलए टिमबाट प्रतिस्पर्धा गर्ने बताइएको छ । भरत पछिल्लो समय नेपाली टिममा भने छैनन् । यद्यपी उनी आर्मी फुटबल टिमका कप्तान हुन् । नवयुगले भने अघिल्लो महिना भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपाली टिमको कप्तानी सम्हालेका थिए ।

नियमित कप्तान किरणकुमार लिम्बूलाई खेलाडी–प्रशिक्षक विवादमा खेलाडीको साथ दिएपछि टिममा राखिएको थिएन । त्यसपछि नवयुगलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।