ललितपुर – पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा ड्युटी सकेर घर फर्किदैं गर्दा बाटोमा हिँडिरहेका चिकित्सकलाई कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका एक चिकित्सकलाई ट्राफिक प्रहरीले कुटपिट गरेका थिए ।

प्रहरीको कुटाईबाट मुखमा चोट लागेका डा.कुलबहादुर घिसिङको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।

ट्राफिक प्रहरी जवान राजेन्द्र थापा मङ्गलबार निलम्बनमा परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार विभागीय अनुसन्धानका लागि ट्राफिक प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।