काठमाडौं – राष्ट्र बैंकले नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकमा गाभ्न अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले एनबी बैंकलाई गाभ्नको लागि नबिल बैंकलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकले अन्तिम स्वीकृत दिएपछि अब कम्पनी रजिस्ट्रारको स्वीकृति लिएर दुई बैंकले एकीकृत कारोबार गर्ने प्रक्रिया अगाडि बढाउने भएका छन्।

नबिल बैंकले एनबी बैंकलाई १ सय बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना हुने बताइएको छ । यी दुई बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।