काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमणदर दिनानुदिन उकालो लाग्दै गएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ६ सय २० जनामा नमुना परीक्षण गर्दा ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या २ सय ६१ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ११ हजार ९ सय ५२ जनाले ज्यान गुमाएका छन् भने आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।