काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तैगरी चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।