प्रतिकात्मक तस्वीर


एजेन्सी – अमेरिकाको फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक बच्चाको मृत्यु भएको छ । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा गोली लागेर सानो बहिनी घाइते भएको जनाइएको छ ।

उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ । उनिमाथि लापरवाही गरेको र गैरकानूनी ढङ्गले बन्दुक राखेको तथा प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको एस्केम्बिया काउन्टी शेरिफ चिप सिमन्सले बताएको छ । उक्त वियोगान्त घटना एउटा होटलमा भएको थियो । आपराधिक रेकर्ड भएका रोडिकले होटलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय जुम्ल्याहा र एक वर्षकी छोरी साथमा लगेकी थिइन् ।

घटनाबारे प्रहरीले सञ्चारमाध्यममा दिएको जानकारी अनुसार रान्डल आफ्नो हतियार कोठामा छोडेर बाहिर गएका थिए । उनी बाहिर गए पछि छोराले त्यसलाई बाहिर निकालेर आमा सुतिरहेको बेला खेल्न थालेका थिए । प्रहरीले सञ्चारमाध्यमहरुसँगको कुराकानीमा बताए अनुसार ‘बालकले खोलबाट बन्दुक तानेर खेल्ने क्रममा एक वर्षको बच्चामा फायर गर्छ । अन्ततः एक वर्षको बच्चालाई मार्छ । त्यसपछि फेरि गोली चलाउदा गोली लागेर दुई बच्चा मध्ये एक घाइते भएको हो ।