काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल २ हजार ७ सय ९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ जनामा र एन्टिजेन विधिबाट ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोहि अवधिमा १७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर २ सय २९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै उपत्यकाका रहेका छन् । जसमध्ये काठमाडौंका १७ जना र ललितपुरका ६ जना रहेका छन् ।