भरतपुर – चितवनमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

घरको मकै बारीमा अर्जुनले धारिलो हतियार प्रहार गर्दा आमाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।