काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । आज पनि हिजोकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ ।

यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको महासङ्घले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज बजारमा चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।