फाइल तस्वीर
हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को लागि ल्याएको बजेटमाथि मन्त्रालयगत छलफल हुने भएको हो ।
आजको बैठकमा सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालय, लोक सेवा आयोग र प्रदेश नीति तथा योजना आयोगको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।
आइतबार संस्कृति तथा पर्यटन मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालयको बजेटमाथि छलफल भएको थियो । त्यस दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो । प्रदेश सरकारले आगामी वर्षको लागि ७० अर्व ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ ।