काठमाडौं – नेपाल स्टक एक्सचेन्जले नयाँ टिएमएस राख्न चाहने ब्रोकर कम्पनीको लागि कार्यविधि जारी गरेको छ । (नेपाल स्टक एक्सचेन्ज) नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि,२०७९ जारी गरेको हो ।

कार्यविधि अनुसार ब्रोकर कम्पनीले नयाँ टिएमएस राख्न सबैभन्दा पहिले निवेदन दिनुपर्ने प्रावधान छ । निवेदन अनुसार नेप्सेलाई उपयुक्त लागे नयाँ टिएमएस राख्ने अनुमति दिनेछ ।

नयाँ टिएमएस राख्ने ब्रोकर कम्पनीले उक्त टिएमएस सँगै दुई प्राविधिक कर्मचारी समेत राख्नु पर्नेछ । नेप्सेको प्रणालीसँग जोडे बापत ब्रोकर कम्पनीले मासिक ३५ हजार रुपैयाँ समेत बुझाउनु पर्ने बताएको छ ।

637919345515750725.pdf :To download file click here