काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले जनाएको छ । आज सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ८ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।